हेटौंडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारका मन्त्रीहरु मुख्यमन्त्री बहादुर सिंह लामाको निर्देशन र नियन्त्रभन्दा बाहिर रहेको आरोप लगाएका छन् ।
बागमती प्रदेशसभाको बैठकमा बोल्दै पुर्व मुख्यमन्त्री समेत रहेका जम्कट्टेलले सरकारको मन्त्रीहरुमा एकता नरहेको उनिहरुले मुख्यमन्त्रीको निर्देशन समेत नमान्ने आरोप लगाए ।
सरकारको मन्त्रीहरुमा दम्भ र घमण्ड पलाएको आरोप लगाउदै जम्कट्टेलले भने’, मन्त्रीहरूमा दम्भ छ, ‘मन्त्रीहरूबीचमा एकता पनि छैन । मुख्यमन्त्रीको निर्देशनमा मन्त्री छैनन् । दम्भ र घमन्ड देखाउन उचित छैन । त्यसको प्रभाव तपाईंहरुले नै बुझ्नुपर्छ ।’
सरकारले विजनेस दिन नसक्दा आवश्यक कानुन निर्माण गर्न समस्या भएको बताउँदै उनले सरकार टुक्रे योजना बनाउँदै प्रदेश सरकारको अन्यत्र ध्यान दिन नसक्नु चिन्ताको विषय रहेको बताए ।
दुईवटा ठूलो दल मिलेर सरकार बनेको भन्दै उनले त्यो सरकार बनेपछि जनतामा के उत्साह आयो र ? के नयाँ काम भयो र ? भन्दै सरकारकाई प्रश्न समेत गरे ।
उनले भने, ‘पाँच वर्ष सरकार लैजाने सुनिन्छ, हो तपाईंहरु नढल्नुस्, तर हामी त ढाल्न प्रयास गर्छौ, यो त हाम्रो धर्म नै हो तर हामी मरिमेटेर लाग्दैनौ, प्रतिपक्षको त त्यो धर्म नै हो ।’ जम्कट्टेलले अहिले एमाले–काङ्ग्रेस नेतृत्वको सरकारको जग बलियो नरहेको दाबीसमेत गरे ।
उमले वर्तमान सरकारले आफूहरुले बनाएको महत्वपूर्ण र राम्रा योजनलाई कार्यन्वयन गर्नुपर्ने बताए ।

Leave a Reply