हुम्लाको तिलगाउँमा सुक्खा पहिरो, जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण (भिडिओ)

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका-६ तिलगाउँमा सुक्खा पहिरोका कारण जोखिममा परेको १८ घरपरिवारलाई सशस्त्र प्रहरीको पहलमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

आइतबार तिलगाउँको उत्तरतर्फबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको घरमा क्षति पुर्‍याएको थियो ।

सशस्त्रले आवश्यक विपद् उद्धार सामाग्री तथा बन्दोबस्तीका सामानसहित बोर्डर आउट पोष्ट हिल्साको सुरक्षा फौज उक्त स्थानमा परिचालित भएको सहायक प्रवक्ता शैलेन्द्र थापाले जनाएका छन् ।

पहिरोका कारण पुगेको क्षतिबारे यकिन जानकारी हुन नसके पनि पहिरोसँगै पानीको लेदो समेत रहेकोले तिलगाउँ भन्दा माथि हिमाताल रहेको आशंका गरिएको छ ।

आशंका गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भइरहेको सशस्त्रले जनाएको छ । पहिरोबाट मानवीय तथा पशु चौपायामा क्षति पुगेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *