‘श्रम मन्त्रालयका सल्लाहकार भन्नेहरूले महिलालाई बाहिर पठाउन ठुलो रकम लिँदैछन्’

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले महिलाहरूलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठूलो रकम लिएको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कानून विपरीत महिलाहरूलाई बाहिर पठाउन तालिम समेत दिइरहेको बताए।

उनले भने, ‘भिजिट भिसाबाट अहिले धेरै महिलाहरू दुबई हुँदै कुवेत, साउदी अरेबिया पुगेका छन्, श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले लुबुमा चार रोपनी जग्गा लिएर महिला कामदारलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठूलो रकम लिएको छ। तालिम दिने काम गरेको सुन्नमा आएको छ। कानून नबनाई यस्ता काम नगरियोस्।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *