अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई ‘आक्रामक’ प्रोस्टेट क्यान्सर

काठमाडौं । निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनलाई क्यान्सर देखिएको छ । बीबीसीका अनुसार बाइडेनलाई ‘आक्रामक’ प्रोस्टेट क्यान्सर देखिएको हो । क्यान्सर फैलिएर हड्डीसम्म पुगेको बीबीसीले उल्लेख गरेको छ । गत शुक्रबार क्यान्सर पत्ता लागेको हो ।

क्यान्सरको खबरले दु:खित भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

बाइडेनकी उपराष्ट्रपति तथा ट्रम्पकी प्रतिस्पर्धी कमला ह्यारिसले पनि स्वास्थ्यलाभको कामना गरेकी छिन् । पूर्वराष्ट्रपति तथा बाइडेनलाई उपराष्ट्रपति बनाएका बाराक ओबामाले पनि स्वास्थ्यलाभको कामना गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *