शिक्षा विधेयक : उपसमिति प्रतिवेदनका यी विषयमा महासंघका नेताको आपत्ति

काठमाडौं । शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले पेश गरेको प्रतिवेदन शिक्षक-कर्मचारीविरोधी भन्दै महासंघका नेताले आपत्ति जनाएका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रतिवेदनमा यसअघिका सबै सहमति र हालैको आन्दोलनलाई बिर्सिएको टिप्पणी गरेका छन् । अब झन् दह्रो लडाइँ लड्नुको विकल्प नभएको उनको भनाइ छ ।

उपसमितिको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयकभन्दा अनुदार देखिएको सुवेदीको जिकिर छ ।

सुवेदीले प्रतिवेदनमा नसमेटिएको भन्दै यी बुँदामा ध्यानाकर्षण गराएका छन्:

अस्थायी प्रकृतिका राहत, साबिक उमावि, अस्थायी र करार, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षालगायतका शिक्षकलाई पनि सहमति बमोजिम न्याय गरेन ।

आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरीजस्तै हुने भयो ।

सरुवा शिक्षक मारा भयो ।

अस्थायी अवधि गणनाको समस्या सम्बोधन भएन ।

विभागीय कारबाही जस्ताको तस्तै रह्यो ।

बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या सम्बोधन भएन ।

२०७५, २०७८ र २०८० मा भएका सबै सहमत लत्त्याइयो ।

२०८१ र ०८२ को आन्दोलनलाई पनि बिर्सिएको देखियो ।

त्यस्तै सहअध्यक्ष नानुमाया पराजुलीले पनि केही विषय २०२८ को ऐनभन्दा पनि पश्चगामी रहेको आलोचना गरेकी छन् । आम शिक्षक कर्मचारीलाई दास बनाएर शासन गर्न खोजिएको उनको जिकिर छ ।

Comments

One response to “शिक्षा विधेयक : उपसमिति प्रतिवेदनका यी विषयमा महासंघका नेताको आपत्ति”

  1. Bijay Avatar
    Bijay

    Paahila 1 kilo gudpaak ma sakiyeko andolan aaba pheri arko 1 kilo lina jane bela bhayo, Jaya mahasang ( Neta ka bhakta )

Leave a Reply

Your email address will not be published. Required fields are marked *