भक्तपुर । भक्तपुरस्थित सूर्यविनायक नगर सितोरियो कराँते सङ्घले बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता गर्ने भएको छ ।
कराँते खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाको प्रायोजनमा यही जेठ ९ र १० गते बागमती प्रदेशस्तरीय मेयर कप कराँते प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा बागमती प्रदेशका विभिन्न डोजो तथा खेलाडीहरू सहभागी हुने आइतबार भएको पत्रकार सम्मेलनमा भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामशरण त्वातीले जानकारी दिए ।
उनका प्रतियोगितामा ५०० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुषतर्फ ३५ देखि ६७ प्लस केजी तौल समूह र महिलातर्फ ३५ देखि ६१ केजी तौल समूह र महिला तथा पुरुष काता र महिला पुरुष टीम कातामा प्रतिस्पर्धा गराइने संयोजक त्वातीले बताए ।
प्रतियोगिता डब्ल्यूकेएफ, एकेफ र एनकेएफको नियम अनुसार सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Leave a Reply