कैलाली। सुदूरपश्चिममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्य चौधरीलाई उद्योगमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले रामेश्वरलाई मन्त्री बनाउन भन्दै मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा प्रदेश प्रमुख मियाँले चौधरीलाई मन्त्रीमा नियुक्त गरेका थिए । नियुक्तिलगत्तै उनलाई प्रदेश प्रमुखले सपथ गराएका हुन् ।
आर्थिक लेनदेनको काण्डमा मुछिएपछि चैत १६ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका थिए । सोही पदमा रामेश्वर नियुक्त भएका हुन् ।

Leave a Reply