अमृत क्याम्पस क्षेत्रमा मसाज सेन्टरहरुको विज्ञापन नगर्न स्ववियुको चेतावनी

काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियूले क्याम्पसको हाताभित्र कुनै पनि उत्तेजक किमिसका विज्ञापन नगर्न र गरेको विज्ञापन हटाउन चेतावनीसहित सूचना जारी गरेको छ ।

स्ववियू अध्यक्ष रुद्रहरि पोखरेलले सूचना जारी गर्दै मसाज सेन्टर, स्पा, थेरापीलगायतको विज्ञापनले शैक्षिक वातावरणमा असर परेको भन्दै क्याम्पस क्षेत्रमा त्यस्ता विज्ञापन तत्काल हटाउन र नहटाएको खण्डमा कारबाही अघि बढाउने उल्लेख गरेका छन् ।

‘ अमृत क्याम्पसको सेरोफेरोमा विभिन्न त्ज्भ्च्ब्एथ्, क्एब् आदि, इत्यादिको विज्ञापनले शैक्षिक क्षेत्रको वातावरणमा नकारात्मक असर पर्ने देखिएकोले क्याम्पस सेरोफेरोमा कुनैपनी संस्थाले कुनैपनी आपत्तिजनक सामाग्रीहरुको विज्ञापन नगर्न नगराउन हार्दिक अपिल गर्दछु । त्यस्ता विज्ञापनहरु तत्काल हटाउन हुन यो सुचना जारी गरिन्छ । नहटेको खण्डमा स्वतन्त्र विधार्थी युनियनले आवश्यक कारबाहिको प्रक्रिया अगाडि बढाउने छ’, सूचनामा भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *