काठमाडौं । मदन-आश्रितको स्मृतिमा बिहानै विज्ञप्तिमार्फत श्रद्धाञ्जली अर्पण गरेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल दिनभर वनभोजमा थिए ।
२०५० जेठ ३ गते चितवनको दासढुंगामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको निधनपछि महासचिवको जिम्मेवारी पाएका नेपाल उनीहरूको ३२ औँ स्मृति दिवसका दिन भने वनभोजमा थिए ।
उनी नेतृत्वको नेकपा (एकीकृत समाजवादी), रौतहट-काठमाडौँ सम्पर्क मञ्चले चोभारस्थित मञ्जुश्री पार्कमा आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएका हुन् । उक्त अवसरमा सम्पर्क मञ्चद्वारा प्रकाशित क्यालेन्डर पनि विमोचन गरिएको थियो ।

Leave a Reply