मोहन र मायाको मुद्दाबारे कुरा उठेपछि देउवाले भने- हामी पनि जेल बसेरै आएका हौँ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा निलम्बित मोहनबहादुर बस्नेत र माया राईबारे कुरा उठेको छ।

आज बसेको दलको बैठकमा सांसदद्वयमाथि लागेको मुद्दाबारे नेताहरूले कुरा उठाएका थिए। बस्नेतविरुद्ध अख्तियारले टेरामक्स प्रकरणमा मुद्दा दर्ता गरेको छ भने राईविरुद्ध सहकारी ठगीको आरोप छ। उनी धरौटीमा छुटेकी हुन्।

दुई सांसदबारे कुरा उठेपछि सभापति शेरबहादुर देउवाले आफूहरू पनि थुनामा बसेर आएको भन्दै राजनीतिमा यस्तै हुने जवाफ दिएको प्रमुख सचेतक श्याम घिमिरेले बताए। उनले भने, ‘उहाँहरूको कुरा पनि उठ्यो उहाँहरूको विषयमा पनि सांसदहरूले कुरा उठाउनु भयो। त्यो विषयमा सभापतिज्यूले जवाफ दिनुभयो। राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ, थुनामा बसेर आएका हौँ भन्नेकुरा राख्नुभयो।’

बैठकमा देउवाले यो विषयलाई ठुलो अर्थमा लिन नहुने बताएको पनि सुनाए। उनले संवैधानिक अङ्गले चलाएको प्रक्रियामा कांग्रेसले कुनै प्रतिक्रिया नजनाउने पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *