जापानका उपविदेशमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीसँग के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेकी जापानका उपविदेशमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छन् ।

प्रधाननमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले अनुकूल पूर्वाधार निर्माण, वातावरणी दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव आफूहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताइन् ।

भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *