मदनसँगको अन्तिम भेटबारे वामदेव- प्रधानमन्त्री बन्ने अफर छ, के गरौं भनेर सोध्नुभयो

आज हामी जेठ ३ मा छौं । अर्थात् तत्कालीन नेकपा एमालेका महासचिव, मेरो राजनीतिक यात्रामा लामो समयका सहयात्री कमरेडहरू मदन भण्डारी र जीवराज आश्रित चितवनको दासढुंगामा मारिनुभएको आज ३२ वर्ष बित्यो ।

जबजब जेठ ३ आउँछ, आश्रितको भन्दा मदनको बढी चर्चा हुन्छ । स्वाभाविक पनि हो । किनभने मदन पार्टी प्रमुख हुनुहुन्थ्यो । आश्रित त्यसपछिको भूमिकामा । क्षमताको कुरा गर्दा आश्रित मदनभन्दा कम हुनुहुन्थेन । पछि आश्रितको क्षमतालाई मदनले उछिन्नुभयो ।

पार्टीमा लाग्ने, पूर्णकालीन भएर काम गर्ने जस्ता हिसाबले हेर्दा मदनभन्दा जीवराज अगाडिको हो । हामी पुष्पलालको संगठनमा थियौं । त्यहाँ लाग्ने पहिलो व्यक्ति जीवराजजी हुनुहुन्थ्यो । म पछिमात्रै सामेल भएँ । मदन चाहिँ मभन्दा पनि पछि सामेल हुनुभएको हो ।

जनवादी सांस्कृतिक संघ थियो । त्यको मुखपत्र ‘मुक्ति मोर्चा’ थियो । जनवादी सांस्कृतिक संघको अध्यक्ष कवि युद्धप्रसाद मिश्र, महासचिव मोदननाथ प्रश्रित हुनुहुन्थ्यो । त्यसको सदस्य जीवराज र मदन पनि हुनुहुन्थ्यो । उहाँहरू साहित्य र संस्कृतितिर पनि झुकाव भएका कारण त्यसमा हुनुभयो ।

म २०२६ सालमा पुष्पलालको पार्टीको सदस्य भएको थिएँ । पुष्पलालसँग हाम्रो कार्यनीतिक विमति भयो । हामी बनारसमा थियौं । पार्टीको केन्द्रीय कार्यालय पनि त्यही थियो । पुष्पलालले क्रान्तिकारी बाटो नपक्डिएपछि विद्रोह भएको हो । हामी नक्सलवादी र झापा विद्रोहको प्रभावमा परेपछि विद्रोह गर्न तयार भएका थियौं । शुरुमा जीवराज, मोदनाथ र मैले विद्रोह गर्‍यौं । विद्रोह गर्ने विचार शुरुमा मैले राखेँ । मैले भने जीवराजलाई कन्भिन्स गरेँ । त्यसपछि जीवराज र मोदनाथकै भूमिका प्रमुख रह्यो । म त त्यसको केही समयपछि पक्राउ परिहालेँ ।

उहाँ संस्कृत पढेको विद्वान नै कहलिनुहुन्थ्यो । इलाहवादमा पढ्नुभएको हो । त्यहाँ रहँदै पार्टी सम्पर्कमा आउनुभएको हो । उहाँको परिवारमा उहाँ नै पहिलो कम्युनिष्ट हुनुहुन्थ्यो । पुष्पलालसँग विद्रोह गरेपछि उहाँले मोरङ र सुनसरीलाई कार्यक्षेत्र बनाएर काम गर्नुभयो ।

मदन पनि पुष्पलाल समूहको सदस्य हुनुहुन्थ्यो । हामीले बनाएको योजनाअनुसार पुष्पलालसँग विद्रोह गर्ने काम शुरु भएपछि मदनले पनि पछि विद्रोह गर्नुभयो । उहाँले मात्रै होइन, जनवादी सांस्कृतिक संघ पूरै विद्रोहमा उत्रियो । विद्रोह गरिसकेपछि ‘मुक्ति मोर्चा’ भन्ने मुखपत्रले त्यसबारे छाप्यो ।

मदनसँग मेरो भेट जेलबाट छुटेपछि २०३६ सालमा रूपन्देहीमा भयो । आश्रितसित त धेरै पहिलेदेखि काम गरियो । हामीले ५२ वटा क्याम्पसलाई स्वीकृति दिन सञ्चालन भएको आन्दोलनमा सामेल भएका थियौं । उहाँ पक्लिहवा क्यम्पसमा व्याचलर पढ्नुहुन्थ्यो, म आईएको विद्यार्थी थिएँ । त्यही पढ्दा आन्दोलन शुरु भयो । त्यसपछि धरपकड हुन थाल्यो । जीवराज भूमिगत हुनुभयो ।

पछि परीक्षा दिन जाने बेलामा म पार्टीको सम्पर्कमा पुगेँ । मलाई पार्टीले पर्चाहरू दिएर पठाएको थियो । ती पर्चा जीवराजलाई दिएँ । उहाँले कुलप्रसाद भन्नेलाई दिनुभयो । त्यो पर्चा आइसकेपछि फेरि धरपकड भयो । कुलप्रसादलाई पुलिसले पक्डियो । उसले पुलिससँग भनेछ, ‘पर्चा मैले बाँडेको हुँ, मलाई जीवराजले दिएको हो ।’ त्यसपछि जीवराजलाई समात्यो । अनि म भूमिगत भएँ ।

जीवराजजीसँग २०२६ सालदेखि दासढुंगा दुर्घटनाको अघिल्लो दिनसम्म सहकार्य भयो । जेलबाट उहाँ छुटेपछि म समातिएँ । म भैरहवा जेलमा केही महिना बसेर काठमाडौंको सेन्ट्रल जेल ल्याइयो । २ वर्ष जेल बसेपछि म छुटेँ । जीवराज अञ्चल कमिटीमा हुनुहुन्थ्यो । म सेल कमिटी हुँदै पार्टी कमिटी सचिव, एरिया कमिटी सचिव, जिल्ला कमिटीको वैकल्पिक सदस्य हुँदै अगाडि बढेँ ।

कम्युनिष्ट पार्टीमा नेताका रूपमा मदन भण्डारीको उदय पुष्पलालसँग विद्रोह गरेपछि भएको हो । त्यसअगाडि उहाँ कम्युनिष्ट पार्टीको समर्थकमात्रै हुनुहुन्थ्यो । त्यसो त विद्रोहअघि पनि उहाँ क्षमतावान हो भन्ने कुरामा शंका थिएन । उहाँ संस्कृत पढेको विद्वान नै कहलिनुहुन्थ्यो । इलाहवादमा पढ्नुभएको हो । त्यहाँ रहँदै पार्टी सम्पर्कमा आउनुभएको हो । उहाँको परिवारमा उहाँ नै पहिलो कम्युनिष्ट हुनुहुन्थ्यो । पुष्पलालसँग विद्रोह गरेपछि उहाँले मोरङ र सुनसरीलाई कार्यक्षेत्र बनाएर काम गर्नुभयो ।

पार्टी महासचिव सीपी मैनाली हुनुहुन्थ्यो । उहाँले जे-जे भन्नुहुन्थ्यो, त्यसमा मदनले प्रश्न गरिरहने ! मदनका प्रश्नको जवाफ सीपीले दिन नसक्ने । यस्तो हुँदा हामीले मदनलाई साथ दियौँ । त्यसले उहाँ (सीपी)मा आत्महीनता बढ्यो ।

नेकपा माले गठन हुनुअघि कोअर्डिनेशन केन्द्र थियो । हामी ‘मुक्ति मोर्चा’ समूहका थियौं र पछि कोअर्डिनेशन केन्द्रमा सामेल भएका हौं । त्यसअघि कोअर्डिनेशन केन्द्रको स्थापना त २०२९ सालमा सीपी, माधव नेपालहरूले गर्नुभएको हो । त्यसपछि नेकपा माले बनेको हो ।

माले स्थापना भएपछि मदनले छिट्छिटो राजनीतिक र सांगठनिक विकास गर्दै जानुभयो । पार्टी महासचिव सीपी मैनाली हुनुहुन्थ्यो । उहाँले जे-जे भन्नुहुन्थ्यो, त्यसमा मदनले प्रश्न गरिरहने ! मदनका प्रश्नको जवाफ सीपीले दिन नसक्ने । यस्तो हुँदा हामीले मदनलाई साथ दियौँ । त्यसले उहाँ (सीपी)मा आत्महीनता बढ्यो । उहाँलाई सबैले सम्मान गर्थे, तर जेजस्ता निष्कर्ष उहाँले पेश गर्नुहुन्थ्यो, ती चित्तबुझ्दा हुँदैन थिए । त्यसैले २०३९ सालमा उहाँ आफैँले महासचिव छोड्नुपर्ने अवस्था भयो । उहाँलाई कसैले निकालेको होइन, आफैंले छोड्नुभएको हो । उहाँले २०३६ सालको जनमतसंग्रह वहिष्कार गर्ने लाइन ल्याउनुभयो । पार्टीले पछि जनमतसंग्रहलाई उपयोग गर्ने नीति लियो ।

सीपी महासचिवबाट हटेपछि झलनाथ महासचिव हुनुभयो । मदनले चाहनुभएको भए त्यसै बेला महासचिव हुन सक्नुहुन्थ्यो । उहाँ २०४६ सालमा सिरहामा सम्पन्न भएको चौथो महाधिवेशनबाट महासचिव बन्नुभयो । २०४७ सालमा पार्टी खुला भएपछि र संविधान जारी भएपछि मात्रै पार्टीले उहाँलाई भूमिगत जीवन तोड्न अनुमति दियो ।

कोअर्डिनेशन केन्द्रमा हाम्रो मुक्ति मोर्चा सामेल भएपछि त्यसले राष्ट्रव्यापी रूपमा पार्टीको सञ्जाललाई विस्तार गरेको हो । त्यसपछि नेकपा माले बनाएर हामी अगाडि बढेका थियौं । त्यसैले पछिसम्म पनि हामी मुक्ति मोर्चा पृष्ठभूमिका साथीहरू मिल्थ्यौं । जस्तो कि, मदन, प्रश्रित, जीवराज, अमृत बोहरालगायतका कमरेड हुनुहुन्थ्यो ।

त्यसैले मदन आफू महासचिव भएपछि सांगठनिक र वैचारिक क्षमतामा पूर्णतः विश्वास भएका कारण उहाँले जीवराज आश्रितलाई संगठन विभाग प्रमुखको जिम्मेवारी प्रस्ताव गर्नुभएको हो । आश्रितलाई पार्टीभित्र मदनपछिको सेकेन्डम्यानका रूपमा हेर्ने गर्थ्यौं, तर उहाँले २०४८ सालमा गुल्मीमा चुनाव हार्नुभयो । कांग्रेसले जित्यो ।

मदनसँग मेरो अन्तिम भेट उहाँ पोखरामा कास्की जिल्ला अधिवेशनका लागि काठमाडौंबाट हिँड्नुअघि भएको थियो । यो भनेको २०५० जेठ २ गतेको दिउँसो हो ।

म कलंकीमा बस्थेँ । मदनको फोन आयो । ‘जरुरी सल्लाह छ, तुरुन्तै आउनुस्’ भन्नुभयो । म कपडा लगाएर तुरुन्तै निस्किएँ । उहाँ नक्सालमा बस्नुहुन्थ्यो । टेम्पु चढेर जाँदा पहिला आरएनएसी र त्यसपछि अर्को चढ्नुपर्थ्यो । सीधै नक्साल जाने गाडी लाग्दैन थियो । त्यस दिन भनेको बेला ट्याक्सी पाइएन । एउटा मान्छे मोटरसाइकलमा आइरहेको देखेपछि हात उठाएँ । रोक्यो ।

मदन आफू महासचिव भएपछि सांगठनिक र वैचारिक क्षमतामा पूर्णतः विश्वास भएका कारण उहाँले जीवराज आश्रितलाई संगठन विभाग प्रमुखको जिम्मेवारी प्रस्ताव गर्नुभएको हो । आश्रितलाई पार्टीभित्र मदनपछिको सेकेन्डम्यानका रूपमा हेर्ने गर्थ्यौं, तर उहाँले २०४८ सालमा गुल्मीमा चुनाव हार्नुभयो ।

‘म वामदेव गौतम हो, मलाई चिन्नुहुन्छ ?’, नाम सुन्नेबित्तिकै उसले आत्तिए जसरी ‘अँ, अँ, अँ’ मात्रै भन्यो । मैले भनेँ, ‘मलाई मदन भण्डारीले नक्सालमा बोलाउनुभयो । ट्याक्सी पाएन, टेम्पुमा ढिलो हुन्छ । मलाई लगिदिनुस् न ।’

उसले सोध्यो, ‘मदन भण्डारीसँग यसरी नै आमनेसामने भेट हुन्छ ?’ मैले ‘हुन्छ’ भनेँ । उसले एउटा शर्त राख्यो, ‘त्यसो भए मसँग हात मिलाएर परिचय गराइदिनुस् है त ?’ मैले ‘भइहाल्छ नि, के ठूलो कुरा भयो र’ भनेपछि म उसको मोटरसाइकलको पछाडि चढेँ ।

म पुग्दा मदन र आश्रित लुगासुगा लगाएर हिँड्न ठिक्क पर्नुभएको थियो । मलाई मात्रै पर्खिनुभएको थियो । मैले मोटरसाइकलबाट उत्रिनासाथ त्यो मान्छेसँग मदनले हात मिलाउने व्यवस्था गरिदिएँ । उसले नाम भनेर परिचय पनि दियो, तर मैले अहिले नाम बिर्सिएँ । ऊ खुशी भएर गयो ।

मदनले मलाई कोठातिर तान्नुभयो । महाकाली नदीको बाँध बाँधेर भारतले विद्युत उत्पादन गरेपछि हामीले आन्दोलन चलाएका थियौं । यस क्रममा नेपाली कांग्रेसभित्र ‘३६ से र ७४ रे’ भन्ने समूह खडा भइसकेको थियो । ‘३६ से’ को नेतृत्व गणेशमान सिंहले गर्नुहुन्थ्यो । ‘७४ रे’ भनेको गिरिजाहरूको भइहाल्यो । हाम्रो आन्दोलनप्रति ‘३६ से’ हरू नरम थिए ।

मलाई मदनले भन्नुभयो, ‘अहिले पोखरा गइहाल्नु पर्नेछ । त्यसैले तपाईंले मलाई एउटा जरुरी सुझाव दिनुपर्ने भयो, त्यसैले मैले बोलाएको हुँ ।’ मैले ‘के हो ?’ भनेर सोधेँ । मदनले सोध्नुभयो, ‘प्रधानमन्त्रीको अफर आएको छ । प्रधानमन्त्री हुन जाने कि नजाने ?’

मैले भनेँ, ‘जानेँ, तर प्रधानमन्त्री को हुने ?’ उहाँले भन्नुभयो, ‘म हुने ।’ मैले फेरि भनेँ, ‘त्यसो भए जाने । संख्या त हाम्रो पुग्दैन नि ! संसदमा जम्मा हामी ६९ जना छौं । कसरी जाने ?’

पोहोरसाल तत्कालीन कांग्रेस नेता उमेश गिरीले पनि भनेका छन्, ‘मलाई धेरै पटक गिरिजाबाबुले मदन भण्डारीलाई मार भन्नुभयो । मैले मानिनँ । त्यसैले दासढुंगा दुर्घटना गिरिजाबाबुले नै गराउनुभएको हो ।’

मदनले भन्नुभयो, ‘गणेशमानजीले पार्टी विभाजन गर्नुहुन्छ । उहाँको पार्टी र हाम्रो पार्टी भएर सरकार बनाउने हो । प्रधानमन्त्री चाहिँ मै हुने हो ।’

मैले भने, ‘धेरै राम्रो कुरा कमरेड, यो त गर्नैपर्छ, मेरो समर्थन छ ।’

उहाँले हाम्रो देशसँग सम्बन्ध राख्ने जति पनि अन्तर्राष्ट्रिय शक्तिहरू छन्, ती सबैसँग कुरा भइसकेको सुनाउनुभयो । भन्नुभयो, ‘म उताबाट फर्किएर आउनेबित्तिकै यो काम हुन्छ ।’

मलाई निर्देशन दिनुभयो, ‘तपाईंले यो कुरा कोहीसँग नभन्नुहोला, भन्नु परे म आफैँ भनौँला ।’

यस्तो कुरा भएको भोलिपल्टै दासढुंगा दुर्घटनाको खबर आयो । निकै मर्माहत भैयो । त्यसैले त्यो घटनामा नेपाली कांग्रेसको गिरिजा पक्ष संलग्न छ भन्ने मलाई लाग्यो । दुर्घटनापछि हामी संघर्षमा गयौं । त्यसको संयोजक मै थिएँ । मैले त्यसबेला धेरै ठाउँमा यो कुरा संकेत पनि गरेँ, ‘यो गिरिजाकै षड्यन्त्र हो ।’

पोहोरसाल तत्कालीन कांग्रेस नेता उमेश गिरीले पनि भनेका छन्, ‘मलाई धेरै पटक गिरिजाबाबुले मदन भण्डारीलाई मार भन्नुभयो । मैले मानिनँ । त्यसैले दासढुंगा दुर्घटना गिरिजाबाबुले नै गराउनुभएको हो ।’

मलाई मदनले अन्तिम भेटमा भन्नुभएको कुराका आधारमा उहाँको हत्याको कारण त्यही थियो भन्ने कुरामा मेरो अनुमान र उमेश गिरीको दाबीमा समानता छ भन्ने लाग्छ ।

(कुराकानीमा आधारित)

Comments

2 responses to “मदनसँगको अन्तिम भेटबारे वामदेव- प्रधानमन्त्री बन्ने अफर छ, के गरौं भनेर सोध्नुभयो”

  1. Nagendra Avatar
    Nagendra

    बामदेव को आफु सुहाउँदो, आफु जस्तै र उही स्तरको तर्क !!!
    कुरा के वास्तविक हो भने मदन भण्डारीले कहिल्येइ पनि आफ्नु वा अरुको पार्टी फुटाएर यो पद वा त्यो पद पाउछु वा लिन्छु भनेनन् !! यस्ता बनावटी कुरा गरेर ‘हिरो’ हुने र मदनको मान मर्दन गर्ने कर्म नगर्न अनुरोध !! खुरापाती दिमागमा खुरापात मात्र आउँछ !!!

  2. bhupendra karki Avatar
    bhupendra karki

    एकदम सत्यको नजीक छ। त्यसबेला गणेशमान र मदन बीच भएका कुरा र भेटघाटले यो कुरा बताइसकेको थियो। र गिरिजा र भारतको मिलनले हत्या भएको हो। हत्यापछी गिरिजाले गरेको व्यवहार, उनेस गिरिको केही समय अघिको उद्घोस आदि कारण गिरिजाको पुर्ण जानकारी मा मदनको हत्या भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *