बाढी र पहिरोका कारण संखुवासभामा ६ परिवार विस्थापित, यातायात र विद्युत सेवा अवरुद्ध 

विराटनगर । संखुवासभाको सभापोखरी गाउँपालिका–४ मा बिहीबार राति आएको बाढी पहिरोले ६ भन्दा बढी घरमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण उनीहरु विस्थापित भएका छन् । बाढी र पहिरोका कारण सो पालिकामा यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले बाढी पहिरोका कारण सभापोखरी गाउँपालिका–३, ४ र ६ लगायतका वडामा यातायात, विद्युत् र टेलिफोन अवरुद्ध भएको बताए  ।
बाढी पहिरोले विभिन्न वडाका सडक र विद्युत् खम्बा बगाएको छ । बाढीले पोल बगाएपछि त्यस क्षेत्रमा शुक्रवारबाटै सबै सेवा अवरुद्ध भएको उनले बताइन्।
बाढीले सभापोखरी गाउँपालिका–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा समेत क्षति पुगेको छ । बाढी सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ ।
बाढी पहिरोले सभा पोखरीका विभिन्न वडामा आधा दर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षति विवरण गाउँपालिकाले संकलन थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *