राष्ट्रिय दलित अभियान माओवादी केन्द्रमा समाहित

डोटी । राष्ट्रिय दलित अभियान नेकपा माओवादी केन्द्रमा समायोजन भएको छ ।

माओवादीको मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दिपायलमा आयोजित जनसभामा राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसीले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समायोजन गरेका छन् ।

प्रेम विसीले जनसभामा आफ्नो धारणा राख्दै दलित समुदायको अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न प्रचण्ड र माओवादीलाई बलियो बनाउन आवश्यक रहेकाले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समायोजन गरेको बताए ।

Comments

One response to “राष्ट्रिय दलित अभियान माओवादी केन्द्रमा समाहित”

  1. ksp pyl Avatar
    ksp pyl

    यो अभियानको सबै भनेको यहि विसि मात्र हो है ।भ्रममा नपरौं फेरि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *