विचार मिल्नेहरुसँग मोर्चामात्रै होइन, सम्भव भए पार्टी एकता गर्नुपर्छः माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विचार मिल्नेहरुसँग पार्टी एकता गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

३२औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न लगातार लागिरहेको बताए ।

उनले भने, ‘ससाना टुक्रामा छरिएका समूहहरुलाई एकताबद्ध बनाउँदै पनि गयौं । कोही एकताबद्ध भए, कोही भएनन् । कोही एकताबद्ध भएर पनि बीचैमा छाडेर पनि गए । यस्तो भइरहन्छ । त्यसैले आत्तिने काम गर्नुहुँदैन । आफ्नो विचार ठीक छ कि छैन भन्ने आत्मविश्वास हुनुपर्छ । त्यही शक्तिमा एकताबद्ध बनाउन जुट्नुपर्छ । विचार, दृष्टिकोण र धारणा मिल्नेहरुसँग हातेमालो गर्नुपर्छ, मोर्चा बनाउनुपर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ ।’

अध्यक्ष नेपालले मदन भण्डारीको नेतृत्वमा पनि धेरै समूहलाई एकताबद्ध गर्ने काम भएको स्मरण गरे ।

Comments

One response to “विचार मिल्नेहरुसँग मोर्चामात्रै होइन, सम्भव भए पार्टी एकता गर्नुपर्छः माधव नेपाल (भिडिओ)”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    गर गर । एकता गर अनि केही समय पछि टुक्रयाउ । हैन तेत्राे पार्टी आफैं टुक्र्याउने, अनि काेहि बिचैमा छाेडेर गए भन्न अफ्ठ्याराे लाग्दैन ? अब काे चाहिँ एकता गर्न आउँछन् भन्ने लागेकाे छ ? अब त सम्झिने पानी छम्किने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *