लुम्बिनी वाइसियलमा जनार्दन समूहको लज्जास्पद हार,अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र सचिवमा प्रचण्ड समूहका

दाङ । योङ कम्युनिस्ट लिग(वाइसियल)को लुम्बिनी प्रदेश कमिटीमा माओवादीका उपमहासचिव जनार्दन शर्मा समूले लज्जास्पद हार व्यहोरेको छ ।

जनार्दन समूहले अध्यक्ष र सचिवमा सहमति गर्न नमानेपछि आज चुनाव भएको थियो । अन्तिम मत परिणाम अनुसार अध्यक्ष र सचिव पदमा अध्यक्ष प्रचण्ड समूहका उम्मेदवार दोब्बर मतले विजयी भएका छन् ।

अध्यक्षमा कृष्ण सारूमगर निर्वाचित भएका छन् । प्रचण्ड निकट मानिने सारूमगरले जनार्दन शर्मा निकट हरिष गिरीलाई ४३ मतले पछि पार्दै विजयी भएका हुन् । गुरुङले १०२ मत पाउँदा गिरीले ५९ मत मात्रै पाए । सचिवमा पनि प्रचण्ड निकट दलबहादुर गुरुङ विजयी बनेका छन् । गुरुङले जनार्दन समूहका खगेन्द्र प्रसाद ढकाललाई ९९ मतले पछि पार्दै विजयी हासिल गरे । गुरुङले १३० मत ल्याएका छन् भने ढकालले ३१ मत मात्रै पाएका छन् ।

चुनावमा कुल १ सय ६१ मत खसेको थियो । अध्यक्ष र सचिवमा बाहेक अरू पदमा सबै निर्विरोध निर्वाचित भएका वाइसियल दाङका इन्चार्ज माइकल गुर्तालले जानकारी दिए । वरिष्ठ उपाध्याय पनि प्रचण्ड निकट मानिने माधव बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारी र सदस्यमा समेत प्रचण्ड समूह हाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *