वाईसीएल लुम्बिनीको अध्यक्षका लागि प्रचण्ड र जनार्दन समूह मैदानमा

दाङ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चुन्न मतदान सुरू भएको छ ।

अन्य पदमा सहमति जुटे पनि अध्यक्षमा दुई जनाको दाबेदारी परेपछि केहीबेर अघिदेखि दाङको घोराहीमा मतदान सुरू भएको हो ।

अध्यक्षमा पार्टी अध्यक्ष प्रचण्ड र उपमहासचिव जमार्दन शर्मा प्रभाकरको समूह आमनेसामने भएका छन् । अध्यक्षमा प्रचण्ड समूहबाट अर्घाखाँचीका कृष्ण सारूमगर र प्रभाकरको समूहबाट हरिश गिरी चुनावी मैदानमा उत्रिएका छन् ।

वाईसीएलको लुम्बिनी प्रदेश अधिवेशनमा २७८ जना प्रतिनिधि सहभागी छन् । मत परिणाम आज राति नै सार्वजनिक गरिने वाईसीएल दाङका इन्चार्ज माइकल गुर्तालले जानकारी दिए ।

Comments

3 responses to “वाईसीएल लुम्बिनीको अध्यक्षका लागि प्रचण्ड र जनार्दन समूह मैदानमा”

  1. khem aryal Avatar
    khem aryal

    गिरिबन्धुको यूवासंघमको चुनावमा मिनबहादुर गुरुङ पवन गोल्यान र खडक ओलीवीच त्रिपक्षीय भिडन्त !

    1. ksp pyl Avatar
      ksp pyl

      चुनाव कहाँको । कमेण्ट के को । दिमाग त ठिकै होला नि । कि खेती गर्न दलाली दिएका छन् ?

  2. ksp pyl Avatar
    ksp pyl

    हरि गिरीलाई अत्यधिक मतले जिताउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *