काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि सुरु हुँदैछ। काठमाडौँको बानेश्वर स्थित अर्पण ब्याङ्केटमा सम्मेलन आइतबारसम्म चल्ने अध्यक्ष जयन्ती राइले बताइन्।
‘समाजवाद निर्माणको आधार तयार गरौँ, राज्यको सम्र्पूण क्षेत्रमा समानुतिक महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने मुलनाराका साथ हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको उनले बताइन्।
उनका अनुसार सम्मेलनमा देशभरबाट ५९८ जना प्रतिनिधिहरूको सहभागिता रहनेछ । सम्मेलनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले गर्नेछन्।
सम्मेलनलाई पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव कमरेड घनश्याम भूसाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने उनले बताइन्।
साथै सम्मेलनको उद्घाटन सत्रमा नेपाली कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यत्तित्वहरूलाई सम्मान गर्ने तयारी छ।

Leave a Reply