पर्यटन बोर्डमा २ सदस्य नियुक्त, नाटा अध्यक्षको मनोनयनले स्वार्थको द्वन्द्व हुने दावी

काठमाडौं । नेपाल पर्यटन बोर्डको सदस्यमा नरेन्द्र भट्ट र कुमार थपलिया नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गठन गरेको समितिको सिफारिसका आधारमा भट्ट र थपलिया बोर्ड सदस्य नियुक्त भएका हुन् ।

थपलिया नेपाल नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा) अध्यक्ष हुन् भने भट्ट पर्यटन व्यवसायी हुन् । उनी गृहमन्त्री रमेश लेखकका नातामा भान्जा पर्छन् । थपलियाको नियुक्ति भने विवादमा परेको छ । पर्यटन बोर्डबाटै अनुदान तथा पैसा लिएर चल्ने संस्था नाटाको अध्यक्षलाई बोर्ड सदस्य नियुक्त गर्दा स्वार्थको द्वन्द्व हुने भन्दै व्यवसायीले विरोध गरेका छन् ।

यसअघिका सदस्य मदन आचार्य र मिलन देवकोटाको रिक्त ठाउँमा कांग्रेसकै दुई सदस्य नियुक्त भएका हुन् । उनीहरुलाई मन्त्रीस्तरीय निर्णयबाट विहीबार नियुक्ति दिइएको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *