काठमाडौं । सैन्य युद्ध सुरु भएको तीन वर्षपछि रुस र युक्रेनका शीर्ष अधिकारीहरुले आज शुक्रवार पहिलो पटक सिधा वार्ता गर्ने भएका छन् ।
टर्कीको राजधानी इस्तानबुलमा वार्ता गर्नको लागि रुसी तथा युक्रेनी अधिकारीहरू सहभागी भएका छन् । युक्रेनको तर्फबाट युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको डेलिगेसन आएको छ भने रुसको तर्फबाट राष्ट्रपति भ्यादिमिर पुटिन सहभागी नभएर उनले आफ्ना प्रमुख सहयोगी, उपविदेशमन्त्री, उपरक्षामन्त्री लगायतका अनुहार वार्तामा पठाएका छन् ।
दोहामा ओर्लेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आवश्यकता भएमा टर्की पुगेर रुस युक्रेन वार्तामा जोडिन सक्ने बताइसकेका छन् । तर विभिन्न विश्व मिडियाहरुले भने युद्ध विरामतर्फ देखिने उपलब्धि हुनेमा सन्देश व्यक्त गरिरहेका छन् ।रुस युक्रेन वार्ता हुने समय आइरहँदा अमेरिकी विदेश मन्त्री मार्को रुबिओ भने इस्तानबुल ओर्लिएका छन् ।
सन २०२२ फेब्रुअरी २४ मा रुसले सैन्य हमला गरेपछि दुई देशको युद्ध सुरु भएको थियो । युद्ध पछि दुई पक्षको मुखामुख सिधासिधी वार्ता भएको थियो । आजै हुने वार्ता पछिल्लो तीन वर्षको पहिलो मुखामुख वार्ता हुनेछ ।

Leave a Reply