काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङले केही व्यक्तिका कारण नेपालको मेडिकल शिक्षा विस्ता हुन नसक्दा वर्षेनी अर्बौ रुपैयाँ विदेशिएको बताएका छन् ।
प्रतिनिधि सभामा बजेटका प्राथमिकताबारे छलफलमा भाग लिँदै सांसद गुरुङले डा.गोविन्द केसीलगायत गिरोहका नाम नलिई उनीहरुकै कारण नेपालको मेडिकल शिक्षाको विकास र विस्तार हुन नपाएको बताए ।
गुरुङले नेपालमा मेडिकल कलेजलाई सम्बन्धन दिनै हुँदैन, भइरहेका कलेजमा विद्यार्थीको कोटा थप्नै हुँदैन भन्नेहरु विदेशीको खजाना खाएका व्यक्ति हुन् कि भन्ने आशंका आफूलाई भएको बताए ।
गुरुङले भने– आज नेपाललाई एजुकेशन हब बनाउन सकिन्थ्यो । तर हामीले नेपाली विद्यार्थीलाई विदेश पठाउने अवस्थामा पुर्यायौं । दुर्भाग्य हो यो । अर्बौ लगानी गरेर खोलेका मेडिकल कलेजले सम्बन्धन पाउँदैनन् । अर्कोतिर खर्ब रुपैयाँ विदेश पढाउने नाममा गइरहेको छ । कहिले यस्तो लाग्छ मलाई नेपालमा मेडिकल कलेज खोल्न दिन हुन्न, कोटा बढाउन हुन्न, सम्बन्धन नै दिन हुन्न भन्नेहरु माफ गर्नुहोला विदेशीहरुको केही खजाना खाएकाहरु हुन् कि भन्ने आशंका लाग्छ ।
सांसद गुरुङले नेपालमै सम्बन्धन दिएर विदेशी समेत पढ्न आउने वातावरण बनाउन सक्दा पर्यटनमा समेत टेवा पुग्ने बताए ।

Leave a Reply