काठमाडौं । गभर्नरको चर्चामा रहेका डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालतमा दरपीठ भएको छ ।
पौडेललाई नेपाल राष्ट्र बैंकको ऐन विपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले बिहीबार रिट पेश गरेकोमा शुक्रवार दरपिठ भएको सर्वोच्च अदालत प्रशासनले जनाएको हो ।
उक्त रिटमा पौडेललाई गभर्नर नियुक्तिका लागि सिफारिस समितिले सिफारिस गरेको नदेखिएको, सञ्चारमाध्यममा मात्रै आएका समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हक अधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपीठ भएको उल्लेख छ ।

Leave a Reply