काठमाडौं । बीमा कम्पनीहरूले ३५ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । जीवन तथा निर्जीवन तर्फमा कम्पनीहरूले ३५ अर्ब ३६ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकी छ । उक्त रकम एक लाख ५७ हजार ५५९ जना दाबीकर्ताको हो ।
बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बीमितहरुबाट भुक्तानी हुन बाँकी दाबी सङ्ख्या जीवनतर्फ ५२ हजार ६८७ रहेको छ । यस्तै, निर्जीवन तर्फ एक लाख ४ हजार ८७२ रहेको छ ।
यसबाहेक बीमा कम्पनीहरूले चालू आवको चैत्र मसान्तसम्म दाबी भुक्तानीको सङ्ख्या ३ लाख २ हजार ५२३ रहेको छ । जसअन्तर्गत दाबी भुक्तानीको रकम ६२ अर्ब रुपैयाँ रहेको छ ।
यस अवधिमा बीमा कम्पनीहरूले एक खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमा जीवन तथा लघुबीमातर्फ १ खर्ब २७ अर्ब ४ करोड र निर्जीवन तथा लघु बीमातर्फ ३२ अर्ब ८२ करोड रहेको छ ।

Leave a Reply