काठमाडौं । प्रदर्शनरत चलचित्र ‘ऊनको स्वीटर’ को पहिलो साताको ग्रस कलेक्सन सार्वजनिक भएको छ।
रिलिजको एक हप्तापछि निर्माण कम्पनी ‘आर्टमाण्डू नेपाल प्राली’ले शुक्रवार बिहान एकसाथ चलचित्रको आधिकारिक कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।
चलचित्रले पहिलो सातामा ५ करोड ७५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ। नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनबाटै दर्शकको उत्साहजनक साथ पाएको थियो। दैनिक ३०० बढी शोहरू सहित प्रदर्शन भइरहेको यो चलचित्र आजबाट दोस्रो हप्तामा प्रवेश गरेको छ ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ। यो चलचित्रको केही दिन अघिमात्र ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीत सार्वजनिक भएको छ। जुन अहिले युट्युब र टिकटकमा भाइरल छ। यसअघि सार्वजनिक भएको यो चलचित्रको ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ बोलको गीतहरू पनि सामाजिक सञ्जालमा हिट भएका थिए।

Leave a Reply