आजबाट ‘के घर के डेरा : घर नं २’ प्रदर्शनमा

काठमाडौं । निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा: घर नं २’ आजबाट प्रदर्शनमा आएको छ।

चलचित्रले देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौंभित्र २५ बढी शो र उपत्यका बाहिर २४ बढी शो पाएको छ । त्यस्तै, चलचित्रले क्यूएफएक्सका आउटलेटमा ४७ शो, आइएनआईमा १५ बढी शो, वान सिनेमाज कालीमाटीमा चार शो र एफक्यूबमा ६ शो पाएको छ ।

चलचित्रलाई अन्य मल्टिप्लेक्समा पनि सुखद शो मिलेको छ। यो चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारको अभिनय छ ।

साहित्यकार बुद्धिसागरले लेखेका यो चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्रको कार्यकारी निर्मातामा युवराज कार्की छन् भने निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *