नेपाली मूलका अस्ट्रेलियनको घरमा सुकुमबासीको डकैती, बिदा मनाउन जाँदा लुटियो ४५ हजार डलर

काठमाडौं । अस्ट्रेलियामा बसोबास गर्दै आएका एक नेपाली मूलका परिवारको घरमा डकैती भएको छ । डकैतीबाट ४५ हजार डलर बराबरको क्षति भएको बताइएको छ ।

बिदा मनाउन नेपाल गएका उनीहरू मे ३ मा चार महिनापछि फर्किएपछि घर लुटिएको थाहा भएको हो । यो डकैतीको खबर बेलायती मिडिया डेली मेलमा समेत प्रकाशित भएको छ ।

डेली मेलका अनुसार डार्विनबाट भिक्टोरियाको सेपार्टोन सरेका नेपाली मूलका डाक्टर सञ्जय कुइँकेलको घरमा सुकुमबासीहरूले डकैती गरेका हुन् ।

तीन वर्षीया छोरी र एक वर्षका छोरा रहेका उनीहरूले केही समयअघि मात्र अस्पतालको अपार्टमेन्ट छाडेर तीन महिनाअघि आफ्नो नयाँ घरमा सरेका थिए ।

डकैती भएको घरमा पुग्दा सञ्जय र उनकी श्रीमती निलिमा कुइँकेलले आतङ्क महसुस गरेका थिए र उनीहरू केही समयका लागि छिमेकीकहाँ शरण लिन बाध्य भएका थिए । यो कथा उनीहरूले डेली मेलसँग साझा गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *