डेढ करोडबढी ठगी मुद्दाका आरोपी बुद्धदर्शन सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं । डेढ करोडबढी ठगी मुद्दाका आरोपी बुद्द दर्शन पर्यटन सहकारी संस्थाको अध्यक्षका अध्यक्ष सुरेन्द्र श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४९ वर्षीय श्रेष्ठलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिकावडा नं। ३ स्थित गठ्ठाघरबाट पक्राउ गरेको हो ।

अध्यक्ष श्रेष्ठविरुद्ध १ करोड ५९ लाख रुपैयाँ ठगी गरेको मुद्दामा भक्तपुर जिल्ला अदालत, भक्तपुरबाट गत चैत १९ गते पक्राउ अनुमति पाएको थियो ।

फरार रहेको श्रेष्ठलाई कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको सूचना अधिकारीकाजी कुमार आर्चायले जानकारी दिए।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *