काठमाडाैं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्चमा शशरीर उपस्थित गराइएको छ । बन्दी प्रत्यक्षीकरण मुद्दामा हिजो सर्वोच्चले उनलाई ४४ घन्टाभित्र शशरीर अदालत उपस्थित गराउन आदेश दिएको थियो ।
आज मिश्रलाई सदाझैंं हत्काडीसहित काठमाडौं प्रहरी परिसरको हिरासतबाट निकालिएको थियो । त्यहाँबाट न्यायाधीवक्ताको कार्यालयमा पुर्याइयो । न्यायाधीवक्ताको कार्यालयबो पछाडिको बाटो प्रयोग गरी सुटुक्क सर्वोच्च छिराइएको थियो ।
सर्वोच्च छिराउने क्रममा गेटमा सुरक्षाकर्मीले मिश्रको हातको हत्कडी खोलिदिएका थिए । अदालतमा विभिन्न प्रक्रियाहरु पूरा गरेपश्चात मिश्रलाई परिसर फर्काइएको छ । बन्दी प्रत्यक्षीकरणको सुनवाइ भोलि हुने भएको छ ।

Leave a Reply