संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको मुद्दाको निर्णय जेठ २८ मा सुनाइने

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक आयोगका ५२ जना पदाधिकारीको नियुक्ति विवादको मुद्दामा आगामी जेठ २८ मा निर्णय सुनाउने भएको छ । सुनुवाइ सकिएसँगै आगामी जेठ १८ मा निर्णय सुनाउनेगरी इजलासले दिन तोकेको हो ।

त्यसअघि १६ गतेभित्र बहस नोट पेस गरिसक्न मुद्दाका पक्षलाई संवैधानिक इजलासले आदेश गरेको सर्वोच्चका सहायक प्रवक्ता उप-रजिष्ट्रार निराजन पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश सपना मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

२०७७ मंसिर ३० र त्यसपछि गरेर तत्कालीन प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी सिफारिस गरेका थिए । उक्त मुद्दा विचाराधीन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *