काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइफोन निर्माता कम्पनी एप्पलका सिइओलाई कतारबाटै फोन गरेर भारतमा आइफोन बनाउने कार्य बन्द गर्न भनेका छन् ।
अरब भ्रममा रहेका ट्रम्पले दोहाबाटै एप्पलका सिइओ टिम कुकलाई टेलिफोन गरेर भारतमा आइफोन बनाउन बन्द गर्न भनेका हुन् । बीबीसी हिन्दीका अनुसार ट्रम्पले भारतले आफ्नो हितको बारेमा आफैं सोच्नुपर्ने भन्दै एप्पलले भारतको बारेमा सोच्न आवश्यक नरहेको बताएका छन् ।
एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता बढाउनेबारे छलफल चलाइरहेका बेला अमेरिकी राष्ट्रपतिबाट आएको यो भनाइले यो क्षेत्रमै खैलाबैला मच्चिएको छ ।
ट्रम्पले कतारमा मिडियासँग भने–मैले हिजोमात्रै टिम कुकसँग कुरा गरेँ । मैले उनलाई भनेँ कि, तिमी तिमीहरुलाई मैले अहिलेसम्म राम्रो व्यवहार गरिरहेको छु । तिमीहरु अहिले ५ सय अर्ब डलरको कम्पनी बनाउँदै छौ ।
तर मैले सुनेको छु कि,भारतमा कारखाना लगाउँदैछौ । म चाहान्न कि एप्पलले भारतमा आइफोन बनाओस् । यदि तिमीहरु भारतलाई मद्दत गर्न चाहान्छौं भने ठिक छ तर भारत विश्वकै सबैभन्दा बढी कर लगाउने देशमध्ये एक हो । त्यहाँ बेच्न निकै कठिन हुनेछ ।
ट्रम्पले एप्पलले चीनमा कारखाना राखेमा अमेरिकाले वर्षौंदेखि सहिरहेको भन्दै अब भारतमा लगाउने कुरा नसहने बताएका छन् । उनले आइफोन अमेरिकामै बनाउन एप्पलका सिइओलाई अप्रत्यक्ष दबाब दिएका छन् ।

Leave a Reply