काठमाडौं । नेपालमा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट, अमेजन लगायतका १८ कम्पनी दर्ता भएर कर तिरेका छन् ।
यी कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड ७ लाख २० हजार कर तिरेका हुन् । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार दुई आर्थिक वर्षमा ठूला करदाता कार्यालयमा यी कम्पनीले कर बुझाएका छन् ।
विद्युतीय सेवामा कर आर्थिक ऐन, २०७९ को दफा २० मा गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा २ प्रतिशतका दरले विद्युतीय सेवा कर लगाउने व्यवस्था छ । ठूला करदाता कार्यालयबाट प्राप्त विवरण अनुसार २०८०/८१ सम्म गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट, अमेजन लगायतका १८ कम्पनी दर्ता भएका छन् ।
जसबाट २०७९/८० मा मूल्य अभिवृद्धि कर समेत १० करोड ८४ लाख २९ हजार कर तिरेका छन् । भने २०८०÷८१ मा १५ करदाताबाट ४१ करोड ७ लाख २० हजार कर तिरको महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन उल्लेख छ ।
यस्तो कारोबार गर्ने सबै गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउनु पर्ने समेत महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन उल्लेख छ ।

Leave a Reply