शेरबहादुरजीलाई छैटौंपटक प्रधानमन्त्री जुर्छ, किस्तीमा राखेर हस्तान्तरण गर्छु: ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्ने बताएका छन् ।

पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रममा ओलीले देउवा पाँच पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै छैटौंपटक पनि मौका जुर्नेवाला रहेको बताए ।

उनले भने, ‘अब शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुनुभयो। मौका उहाँलाई जुर्छ क्या त्यो। के गर्नुरु अब फेरि जुर्नेवाला छ । मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु। उहाँलाई आइहाल्छ। ‘

उनले अहिले व्यवस्थासँगै देशको अवस्थामा पनि उल्लेख्य परिवर्तन आएको दाबी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *