कांग्रेस-एमालेलाई रास्वपा सांसद ढकालको कटाक्ष- दुईवटा गभर्नर र नोटमा आफ्नै चुनाव चिन्ह राख्नुहोस् (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सत्तारुढ दल कांग्रेस एमालेलाई कटाक्ष गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा गभर्नर नियुक्ति ढिलाइ भइरहेको प्रसङ्गमा उनले दुई वटा गभर्नर बनाउन सुझाव दिए।

उनले भने, ‘म गठबन्धन सरकारलाई जे गर्नु छ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस्। चल्या छ लडाइँ, दुई वटा गभर्नर बनाउनुस् न, एउटा बिचौलिया ह्यान्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् यो ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस्। तर ३१ महिनापछाडि आम नागरिकले दलीयकरण सहँदैनन्। छुट दिँदैनन्।’

उनले देशमा भइरहेको दलीयकरणविरुद्ध आम नागरिक जागृत भइसकेको दाबी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *