एकैदिन ३५ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा ३५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला  ३५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९२५ मा बेचबिखन भइरहेको छ ।

बुधबार प्रतितोला सुन  एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी  एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *