अमरेशकुमारको टिप्पणी- गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसक्यो (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै लाज लजाइसक्दा पनि सरकार नलजाएको तर्क गरे।

उनले भने, ‘पहिला पहिला मान्छे चुनाव लड्थ्यो, चुनाव हार्छ, राष्ट्रियसभामा जान्छ। राजदूत बन्छ। यो गलत परम्परा हो। राष्ट्र बैंकको ऐनमा कुनै पनि राजनीतिक सदस्य रहन सक्दैन। पार्टीको चुनाव लड्ने भन्दा आधिकारिक राजनीतिक सदस्य कस्तो हुन्छ मैले बुझ्न सकेको छैन। म पनि पार्टी सदस्य भएरै चुनाव लडेको हो। त्यो आफैँमा प्रमाण हो। राष्ट्र बैंकमा कोही विज्ञ मान्छे छैन ? विज्ञलाई नियुक्त गर्‍यो भने पाप लाग्छ ? हरेक कुरामा दलको कार्यकर्ता खोज्ने ?’

उनले यस्तै परम्परा बसे अदालत, अख्तियार र लोक सेवामा पनि कार्यकर्ता भर्ती हुने टिप्पणी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *