निधिको प्रस्ताव- जेठ १५ गणतन्त्र दिवस मनाऔँ, संविधान संशोधन गरेर अर्को दिन बजेट ल्याऔँ

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जेठ १५ गते अनिवार्य बजेट ल्याउने प्रस्ताव फेरेर अर्को दिन राख्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधान संशोधन गरेर बजेट ल्याउने दिन अर्को दिनमा राख्न भन्दै जेठ १५ गते गणतन्त्र दिवस मनाउनुपर्ने प्रस्ताव अघि सारे।

उनले भने, ‘जेठ १५ गते गणतन्त्र दिवस हो। जेठ १५ गते अर्को कामकाजी दिवस हो बजेट ल्याउने, गणतन्त्र दिवस र बजेटको अन्तर्निहित अर्थ हेर्ने हो भने गणतन्त्रसँग तुलना गर्न मिल्दैन, धेरै माथि हुन्छ। १५ गते नै बजेट ल्याउने सरकारलाई बाध्यता संविधानमा लेखिएको भएर होला त्यसो भए संशोधन गरियोस् ।’

संविधान संशोधन गर्ने दुई दलबीच सम्झौता पनि भएको भन्दै सरकार र सभामुखलाई त्यतातर्फ आग्रह गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *