काठमाडौं । राजेश हमालले ८ बर्सपछि कमब्याक गरेको चलचित्र ‘नरसिंहाः अवतार’को अस्ट्रेलियामा रिलिज अधिकार विक्री भएको छ। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको विदेशी बजारमा माग चुलिएको हो।
चलचित्रको अस्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो। चलचित्रलाई कति रकममा खरिद गरिएको भन्ने निर्माणपक्षले खुलाएको छैन । चलचित्रको राइट्स लिएकी बीआई इभेन्ट्सकी वर्षा इटानी भन्छिन् ,‘महानायक राजेश हमालको क्रेज र फिल्मको चर्चा अस्ट्रेलियामा खुबै छ । यसैले, दर्शकहरूको मागलाई ध्यानमा राखेर हामीले यो फिल्मको अस्ट्रेलिया अधिकार खरिद गरेका हौँ ।’
वर्षा ‘भ्वाइस अफ नेपाल’मा सहभागी भइसकेकी गायिका समेत हुन्। नेपालमा रिलिज भएको केही समयमै अस्ट्रेलियामा यो चलचित्र रिलिज गर्ने उनको भनाई छ। त्यस्तै, चलचित्रका लेखक तथा निर्देशक दिवाकर भट्टराइले विदेशबाट चलचित्रको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताएका छन् ।
नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जङ्ग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।

Leave a Reply