रुपन्देही । नेपाल विद्युत प्राधिकरणको दाङ लमही सबस्टेशनको ११ केभी स्विच यार्डमा आगलागी हुँदा देउखुरी क्षेत्रको विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेका अनुसार बुधबार साँझ भएको आगलागी नियन्त्रणमा आए पनि विद्युत सेवा अवरुद्ध भएको छ ।
उनका अनुसार प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीले विद्युतीय उपकरणमा ठूलो क्षति पुर्याएको छ ।
आगलागीपछिको क्षतिग्रस्त संरचनाको मर्मत कार्य भइरहेको छ। प्राधिकरणले यथासक्य छिटो मर्मत कार्य सम्पन्न गरी सेवा पुनः सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ ।

Leave a Reply