ल्याटिन अमेरिकी देश पानामा चीनको बीआरआईबाट बाहिरियो, कोलम्बिया जोडियो

काठमाडौं । ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रबाट पानामा चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई)बाट बाहिरिएको छ । त्यसको केही समयमै अर्को ठूलो ल्याटिन अमेरिकी देश कोलम्बिया भने बीआरआईमा जोडिएको छ ।

गत फेब्रुअरीमा पानामाले बीआरआईबाट बाहिरिने निर्णय गरेको थियो, तर चीन भ्रमणमा रहेका कोलम्बियाली राष्ट्रपति गेस्ताबो पेत्रोले बीआरआईमा जोडिने सोमबार बताएअनुसार आज दुई देशले हस्ताक्षर गरेका छन् ।

कोलम्बियाका विदेशमन्त्री लाउरा साराबिआले बीआरआईमा जोडिने कोलम्बियाको निर्णयलाई ‘दशककै सबैभन्दा सशक्त कदम’ भनेर चित्रित गरेकी छन् । सन् १९०३ मा कोलम्बियाबाट अलग भएर पानामा देश बनेको थियो ।

बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार बीआरआईमा जोडिएका विश्वका १५० देशमध्ये ल्याटिन अमेरिकाबाट मात्रै २० भन्दा धेरै देश जोडिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *