नारायणकाजीको प्रस्ताव- सांसदको संख्या घटाऔँ, मन्त्री संसद बाहिरबाट बनाऔँ (भिडिओ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको बताएका छन् ।

बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले संरचनात्मक परिवर्तनसहितको क्रमभंगता अन्त्य गरी मुलुकलाई सङ्कटबाट जोगाउने किसिमले अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

‘राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुपमा परिवर्तन गरौँ, महँगो र भ्रष्टीकृत निर्वाचन प्रणाली फेरेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ, सांसदलाई कानून बनाउन केन्द्रित गरौँ, मन्त्री संसद् बाहिरबाट नियुक्त गरौँ’, श्रेष्ठको प्रस्ताव छ ।

सुशासनका क्षेत्रमा ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनले कमजोर विधिको शासन र भ्रष्टाचारीको संरक्षण गर्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्ने बताए ।

‘अब निरन्तरतामा क्रमभङ्गता आवश्यक छ । सुशासन, मितव्ययिता आवश्यकता हो । सांसदहरूको सङ्ख्या, मन्त्रिमण्डल र प्रदेशसभा सांसद तथा प्रदेश मन्त्रिमण्डलको सङ्ख्या घटाऔँ, अब नयाँ ढङ्गले जानेबाहेक कुनै विकल्प छैन ।’

राज्यका विभिन्न अङ्गको पुनरवलोकन र पुनःसंरचनाको आवश्यकता औँल्याउँदै उहाँले विश्वविद्यालय, न्यायालय, संवैधानिक निकायमा राजनीतिक भागबण्डा बन्द गर्नुपर्ने उनको भनाइ छ ।

Comments

2 responses to “नारायणकाजीको प्रस्ताव- सांसदको संख्या घटाऔँ, मन्त्री संसद बाहिरबाट बनाऔँ (भिडिओ)”

  1. bipin Avatar
    bipin

    aile cheet khulecha sir ko …hunta he was my teacher in my school but …so on

  2. Chhabi Lal Sharma Avatar
    Chhabi Lal Sharma

    सांसदको संख्या घटाएर बढीमा १५० मा सिमीत गर्ने, प्रादेशिक संरचना र समानुपातिक पध्दती खारेज गर्ने, मन्त्रीहरू संसद बाहिरबाट नियुक्त गर्नेमात्र गिरयो भने अहिलेको ९०प्र.श. विकृतिहरू समाप्त हुनेछ । प्रत्यक्ष निर्वाचित प्र.मं. भएपनि राष्ट्रपती भए पनि केही फरक पर्दैन मात्र जनताले फिर्ता गर्न पाउने सरल उपाय अवलम्बन गरिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *