काठमाडौं । एक महिनाअघि बागबजारको गेष्ट हाउसमा मृत भेटिएकी एक महिलाको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत चैत २९ गते राति नुवाकोट सूर्यकोटगढी नगरपालिका-१ घर भई तारकेश्वर बस्दै आएकी २८ वर्षीया विमला तामाङको हत्या गरी फरार धादिङ, गल्छी गाउँपालिका घर भई तारकेश्वर बस्दै आएका ४० वर्षीय रामचन्द्र पन्तलाई मंगलबार पक्राउ गरिएको हो । रामचन्द्र भारतीय भूपू सैनिक रहेको बताइएको छ ।
घटनापछि रामचन्द्र भारतमा लुकिछीपी बसेकोमा नेपाल फर्कँदै गरेको सूचनाको आधारमा काठमाडौं छिर्दै गर्दा नागढुंगाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले बताए ।
दुवैजना विवाहित रहेको साथै उनीहरूबीच विवाहेत्तर सम्बन्ध रहेको प्रहरी स्रोतले बतायो ।

Leave a Reply