प्रवेश परीक्षा नलिई भर्ना लिने सीटीइभीटीको निर्णय खारेजको माग गर्दै अनेरास्ववियूले बुझायो ज्ञापनपत्र

काठमाडौं । सीटीइभीटीमा पढ्ने विद्यार्थीको लागि प्रवेश परीक्षा नलिई भर्ना लिने निर्णय खारेजको माग गर्दै नेकपा एसनिकट अनेरास्ववियूले ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियूले सीटीइभीटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यलयमा नै पुगेर ज्ञापनपत्र बुझाएको हो । सीटीइभीटीको २०७ औं बैठकले यसै शैक्षिकसत्रदेखि सीटीइभीटीद्वारा सञ्चालित कुनै पनि कार्यक्रम विना प्रवेश परीक्षा विद्यार्थी भर्ना लिने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय खारेज गर्न माग गरेको हो ।

विना प्रवेश परीक्षा जीपीएको भरमा मात्र विद्यार्थी भर्ना लिँदा सामुदायिक विद्यालयबाट पास भई आएको विद्यार्थीहरु मारमा पर्ने,जीपीए सामुदायिकका भन्दा प्राइभेटबाट आएका विद्यार्थीहरुको बढी हुने र सीटीइभीटीमा पढ्ने अवसर पनि प्राइभेटका विद्यार्थीहरुले धेरै पाउने भन्दै हरेक विद्यार्थीहरुलाई समान ढंगले अवसर दिनको निम्ति प्रवेश परीक्षा अनिवार्य गरिनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै परिषद्को निर्णयबाट गरिएको प्रवेश परीक्षा लिनुनपर्ने भनी गरिएको निर्णय तत्काल खारेज गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरेको छ । यदि त्यसो नगरे अनेरास्ववियू जुनसुकै हदमा जानसक्ने चेतावनीसमेत दिएको छ।

 

Comments

One response to “प्रवेश परीक्षा नलिई भर्ना लिने सीटीइभीटीको निर्णय खारेजको माग गर्दै अनेरास्ववियूले बुझायो ज्ञापनपत्र”

  1. RK Avatar
    RK

    प्रवेशपरीक्षाका नाममा वार्गेनिङ्ग नहुने देखिएछ क्यारे विद्यार्थी कम्रेटहरुलाई ! नत्र प्रवेश परीक्षाले दिएको झनझट सम्झीदा त नलिएकै राम्रो हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *