आजदेखि लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन, जेठ ४ मा नीति तथा कार्यक्रम आउने

रुपन्देही । आजबाट लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन सुरु हुँदैछ । पहिलो बैठक दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूचीअनुसार पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने, विभिन्न दलका तर्फबाट सदस्यहरूले अधिवेशन प्रारम्भको अवसरमा शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ।

प्रदेश सभाको यस अधिवेशनलाई महत्त्वपूर्ण मानिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

चालु अधिवेशनमार्फत प्रदेश सरकारको विकास योजना, बजेट निर्माण प्रक्रिया र अन्य विधेयकहरूमा समेत छलफल हुने अपेक्षा गरिएको छ । सरकारले जेठ ४ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *