२८ दिनमा सकियो ‘पीआर’को छायांकन

काठमाडौं । निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘पीआर’को २८ दिनमा छायांकन सकिएको छ । अस्ट्रेलियामा १८ दिन र नेपालमा १० दिन लगाएर यो चलचित्रको छायांकन सकिएको हो ।

यो चलचित्रको अस्ट्रेलियापछि दोस्रो सेड्युलका रुपमा कास्कीको धम्पुसबाट छायांकन थालिएको थियो । चलचित्रको छायांकन सकिएपछि शोभित भन्छन्, ‘मैले कथाअनुसार नै पीआरको छायांकन सकाएको छु । कलाकारहरुले पनि एकदमै राम्रो काम गर्नुभएको छ । समग्रमा एकदमै राम्रो चलचित्र बनेको छ ।’

सलोन सलिना फिल्मसको व्यानरमा छायांकन भएको यस चलचित्रले विदेशमा रहेका नेपालीहरुले पीआरको लागि गरेको संघर्षको कथा भन्छ । रञ्जित शाह आरएफएम फ्यास्लिटी म्यानेजमेन्ट र लेन वे डम्प्लिङको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल, इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा र रञ्जित शाहले मिलेर लगानी गरेका छन् । मानसराज र भीम बीसीको संगीत रहेको चलचित्रमा रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *