पाकिस्तानका वातावरण मन्त्रीसँग नेपाली राजदूत धितालको शिष्टाचार भेट

इस्लामावाद । पाकिस्तानका संघीय वातावरण मन्त्री डा. मुसादिक मलिकसँग पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

पाकिस्तानको प्रेस इन्फर्मेसन डिपार्टमेन्टले जारी गरेको विज्ञप्तका अनुसार इस्लामावादस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री मलिकले पाकिस्तान क्षेत्रीय शान्ति र स्थायित्वप्रति दृढ रहेको दोहोर्याउँदै आतंकवाद र एकपक्षीय आक्रमणको शिकार बनेको उल्लेख गरे ।

भारत–पाकिस्तानबीचको तनावलाई इंगित गर्दै मलिकले भने, ‘पाकिस्तान सम्मानजनक धारणा राख्छ । हामी शान्ति चाहन्छौं । तर हाम्रो ईच्छालाई कमजोरी नठानियोस् ।’

भारतसँगको युद्धविरामले दुवै पक्ष खुशी भएको उनले उल्लेख गरे । त्यस्तै, तनावका कारण भारतको क्षेत्रीत्र प्रभुत्व देखाउनुले भएको मलिकले उल्लेख गरे ।

राजदूत धितालले दुई आणविक शक्तिहरुबीच भएको युद्धविरामले नेपाल भएको बताउनुका साथै पाकिस्तानले सामना गरिरहेको चुनौतीप्रति सहानुभूति पनि प्रकट गरिन् । त्यस्तै, पाकिस्तानको जलवायु अभियानमा नेतृत्व र वातारवरण संरक्षणमा खेलेको भूमिकाको ढकालले प्रशंसा गरिन् ।

त्यस्तै, राजदूत धितालले नेपालमा हुन लागेको क्षेत्रीय क्लाइमेट डाइलग फोरमको उद्घाटन सत्रमा सहभागी हुन पाकिस्तानलाई औपचारिक निमन्त्रणा पनि दिइन् ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *