रचना रिमाल चढेको जहाज प्राविधिक समस्यापछि जर्मनीमा आकस्मिक अवतरण

काठमाडौं । गायिका रचना रिमाल चढेको एयर इन्डियाको जहाज जर्मनीमा आकस्मिक अवतरण गरिएको छ । उनी क्यानडा सांगीतिक प्रस्तुतिका लागि पुगेकी थिइन् ।

क्यानडाबाट आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा भारतमा अवतरण हुनुपर्ने जहाज प्राविधिक समस्याको कारण जर्मनीमा इमरजेन्सी ल्याण्ड भएको रचनाले फेसबुकबाट जानकारी गराएकी छन् ।

‘केही समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु । जय पशुपतिनाथ !’, रचनाले लेखेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *