काठमाडौं । सोमबार चीन र अमेरिकाले जेनेभामा व्यापार वार्ता सकेर संयुक्त वक्तव्य जारी गरे । वक्तव्यमा दुई देशको व्यापारिक तनाव अन्त्य गर्ने सवालमा देखिने नजिताहरु आएका छन् ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुई देशको व्यापारिक सम्बन्धले दुई देश र विश्वमा महत्त्व राख्ने भन्दै मे १४ भित्र विभिन्न कदमहरू पुरा गर्ने सार्वजनिक गरेका छन् । मे १४ अर्थात् बुधबारसम्म सक्नुपर्ने कामहरुमा ९० दिनसम्म भन्सार कर अन्त्य हुने भएको छ ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार दुई देशले एकअर्कालाई लगाएको भन्सार कर ११५ प्रतिशत कम गर्नेमा सहमति भएको छ ।

Leave a Reply