काठमाडौं । नेपालका अद्वितीय थांका र पौवा चित्र परम्पराको विशेष प्रदर्शनी हुने भएको छ । द हिमालयन आर्ट काउन्सिलले शुक्रबार उक्त प्रदर्शनी गर्न लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
उक्त प्रदर्शनीको उद्देश्य एउटा उत्सव मात्र नभएर नेपाली चित्रकलालाई विश्व बजारमा लोप, अबमूल्यन र नक्कल हुनबाट जोगाउने रहेको आयोजकले जनाएको छ ।
सम्मेलनमा विभिन्न किसिमका शक्तिशाली तरिकाहरुबारे जानकारी दिइएको थियो जसमा चित्रकला राखिएकाे स्थान पत्ता लगाउने, एआईको माध्यमले नक्कली चित्रकलालाई पहिचान लगायतका कार्यबारे स्पष्ट पारिएको थियो ।
सल्लाहकार सञ्जीव राज भण्डारी तथा एआई वैज्ञानिक सुरेश मानन्धर र प्राविधिक नवीन खनालसँगको सहकार्यमा उल्लेखित कार्यहरु भएको काउन्सिलले जनाएको छ ।
दरिलो विश्वासबिना नेपाली कलाकृतिहरुले विश्व बजारमा स्थान र महत्व नपाउने तथा आधुनिक प्रणाली आत्मसात नगरे धेरै बहुमूल्य कलाहरु लोप हुने अवस्था आउन नदिन प्रविधि अपनाउनु परेको आयोजकको भनाइ छ ।



Leave a Reply