तिलौराकोट गुरुयोजना निमार्ण गरेर विकास गर्ने उपाध्यक्ष लामाको प्रतिबद्धता

रुपन्देही । शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट)लाई अन्तर्राष्ट्रिय बौद्ध मार्गीहरुको केन्द्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन उपाध्यक्ष डा। लामाले लुम्बिनी विकास कोष लागी परेको बताएका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटको संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्न र पर्यटनलाई सुविधा सम्पन्न क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन लागी परेको बताएका छन् ।

उपाध्यक्ष डा. लामाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भैसकेको भन्दै तिलौराकोट छिटै विश्व सम्पदा सूचीमा सूचीकृत हुने विश्वास समेत व्यक्त गरेका छन् ।

बुद्ध जयन्ती मूल समारोह समितिद्वारा आयोजना गरिएको २५६९ औं बुद्ध जयन्ती तथा प्रसुती उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले तिलौराकोटको विकासमा सहयोग निम्ति स्थानीय जनसमुदाय, सरोकारवाला र प्रदेश सरकारलाई पनि आग्रह गरेका छन् ।

कार्यक्रमको अवसरमा मंगलबार विहान ुबेबी बुद्धुको प्रतिमालाई शोभायात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर ‘प्रसूति उत्सव’ गरिएको थियो । ‘बेबी बुद्धुको प्रतिमा लिन कपिलवस्तुका जिल्ला प्रमुख दिल कुमार तामाङ सहितको टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेर बेबी बुद्ध लाई बाजागाजा सहित नगर परिक्रमा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *