‘के घर के डेरा : घर नं २’ ले पायो युनिभर्सल सर्टिफिकेट, चलचित्र सबै उमेर समूहले हेर्न मिल्ने

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।

केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले ‘के घर के डेरा : घर नं २’लाई मंगलबार युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।

‘के घर के डेरा : घर नं २’ यहीँ जेठ २ गतेदेखि रिलिज हुँदैछ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन। घर र डेराको कथा भन्ने यो चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्रको कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् भने निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *